नालीबेली

विकि भनेको यस्तो ठाउँ हो, जहाँ आफुले थाहा पाएका सूचना राख्न र अरुले राखेका सूचना लिन सकिन्छ। हाम्रो विकिको नाम नालीबेली हो | नालीबेली भन्नाले जुन सुकै कुराको बिस्तृत रुपमा बेलिबिस्तार लगाउनु भन्ने बुझिन्छ |

निर्वाचन अड्कलन सफ्टवेर

यस सफ्टवेरबाट निर्वाचनको नतिजा आफैले अड्कल गर्न सकिन्छ | यस सफ्टवेरको नाम 'कसको कति सीट ? तपाईको अनुमान!' हो |

फंड्स

गल्ली-गल्ली एउटा मुनाफा वितरण नगर्ने कम्पनि हो | हामीहरुले जे कुरामा जति खर्च गर्छौ त्यसको दैनिक बिस्तृत विवरण यहिँ बाट पनि हेर्न सकिन्छ |

हामी को हौ ?

team

हाम्रो कथा


गल्लि भनेको हाम्रो दैनिकी संग जोडिएको पाटो हो | हरेक गल्लिले हामीलाई कतै बाट कतै पुर्याईराखेको हुन्छ | नेपाल को सहरहरुको कुरा गर्नु पर्दा आजकल गल्लिहरुलाई बेवास्ता गर्दै मुख्य सडकको बिकाशमा मात्रै धयान दिएको पाईन्छ | त्यहि गल्लीको महत्व बाट प्रभावित भएर हाम्रो सुरुवात भयको हो | सुरुमा हाम्रो उदेश्य ति गल्लिहरुको नालीबेली खोजेर प्रविधिको प्रयोग मार्फत तिनका काम लाग्ने संग्रह बनाउने थियो | हाम्रो यस अभियानको नाम गल्लीगल्ली पनि यसै कारणले रहन गएको हो |


हाम्रो टीम


अम्बिका वस्तीको घर गोर्खा हो | उहाँ गल्ली-गल्लीमा अफिस म्यानेजर हो साथै अकाउन्टको काम गर्नुहुन्छ |
राजिब तिमल्सिनाको घर हेटौडा हो | उहाँ गल्ली-गल्लीमा सल्लाहकारको रुपमा काम गर्नुहुन्छ |
सृजना पौडेलको घर ललितपुर हो | उहाँ गल्ली-गल्लीमा डिजाइनरको काम गर्दै हुनुहुन्छ |
सुरभी पुडासैनीको घर काठमाडौँ हो | उहाँ अहिले गल्ली-गल्लीको संस्थापक हुनुहुन्छ |

हामी के गर्छौ ?

हामी सार्वजनिक सरोकारका विभिन्न बिषयहरुमा काम गर्छौ | हाम्रो मुख्य उद्देश्य भनेको सर्बसाधारण मनिषहरुलाई सार्वजनिक कामहरु गर्न सजिलो बनाउनु हो | हामीहरु दिनदिनै कुनै पनि कामको सिलसिलामा कठिन सामना गरिरहेका हुन्छौ | त्यस्तो गर्नु पर्ने कामलाई कसरी सहज बनाउने भनेर हामी विभिन्न प्रयास गरिरहेका छौ | कतिपय अवस्थामा सरकारी सेवा हरु सम्बन्धि काम गर्ने तरिका थाहा नभएर हामीलाई कठिन भैरहेको हुन्छ | कहिले कहिले सबै थाहा हुदाँ हुदै पनि कर्मचारीहरुले सक्दो प्रयास गर्दा पनि बिधमान बे-बस्था परिस्थितिका कारण काम हुन सक्दैन |हामी कसरि त्यस्ता काम हरुलाई अगाडी बढाउन सकिन्छ भनेर आफ्नो तर्फ बाट सक्दो प्रयास गर्नु का साथै त्यस्ता कार्यालयको कर्मचारीहरुको समेत सहयोग लिई राखेका छौ | हामीले आफ्नो कामको सुरुवात तल लेखेको तरिकाहरु बाट गरेका छौ | हामीले कामको सुरुवात प्रविधिको प्रयोग मार्फत गरेता पनि हाम्रो अरु हरसम्भव प्रक्रिया पनि प्रयोग गरिरहेका छौ |

nalibeli.org

naibeli.org भनेको यस्तो ठाउँ हो, जहाँ आफुले थाहा पाएका सूचना राख्न र अरुले राखेका सूचना लिन सकिन्छ। nalibeli.org ले प्राथमिकता दिने क्षेत्रहरुमा सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवाहरु ती सेवाहरु प्राप्त गर्ने तरिका , उच्च शिक्षा सम्बन्धि सेवा तथा जानकारीहरु पर्दछन् |


Facebook ( फेसबुक )

हामी फेसबुकमा साथीहरु बाट काम गर्ने तरिकाहरु के हुन् भनेर प्रश्न लिन्छौ र ति प्रश्नहरुका जवाफ लगाएर भनि दिन्छौ | यहाँ आएर प्रश्न सोध्दा हुन्छ |

team

ब्लग

Yatayat

यातायात ब्यबस्था विभाग : दैनिकी यात्रा

हरेक काममा नभई नहुने सरकारी काम त्यस माथि पनि यातायात विभाग ...२०७० कार्तिक ५ गतेका दिन यातायात व्यवस्था विभाग ललितपुर स्थित एकान्त कुना पुग्यौ | त्यहाँ जाँदा लाग्छ म कुनै कार्यक्रम त हेर्न आएको होईन ? मान्छे हरु धेरै थिए कोहि अलि बरिष्ठ देखिन्थे भने कोहि साधारण देखिन्थे त्यस भिडमा म पनि एक साधारण केहि कुरा पनि थाहा नभएको मान्छे थिएं | कार्यालयका भवनहरु धेरै थिए मान्छेहरु हातमा फारम बोकेर यता उता गर्दै थिए | कोहि मान्छेहरु फोन गरेर मेरो काम छिटो गर्दिनु न , मेरो काम सकिएन ? भन्दै थिए | एक छिन् त्यो दृश्य लाई नजिक बाट हेरें !! भएन अब कति अरुलाई मात्र हेर्नु भनि आफ्नो काम तिर लागें !

जुन ठाउँमा म पहिलो पटक पाईला टेक्दै थिए कार्यालयको मेन गेटमा एउटा टेबल र कुर्ची थियो लाग्छ यो सोधपुछ शाखा हुनुपर्छ | शाखा थियो थाहा भएन तर त्यहाँ मान्छे चाँही कोहि थिएन | धेरै झ्याल र ढोकाहरु थिए मेरो काम भने ग्रीन स्टिकर कसरि पाउन सकिन्छ भन्ने थियो | यहि कामको लागि म यहाँ सम्म आएको थिए | त्यहाँ कुनै कुराको जानकारी थिएन | हुन त त्यहाँ नागरिक बडापत्र थियो तर त्यसमा कुनै कुराको पर्याप्त जानकारी थिएन | मलाई फारम कहाँ लिने सम्म पनि थाहा थिएन | त्यहाँ म जस्ता साधारण नागरिक धेरै थिए सायद म पहिलो पटक गएको ले पनि हुन सक्छ | अब केहि नलागे पछि म भित्र जान बाध्य भए | भित्र जाँदा कोठामा धेरै जना मान्छेहरु देखि मैले एउटा प्रश्न सोधी तपाईहरु यहाँको स्टाफ हो ? त्यस मध्य एक जनाले जवाफ दियो हो के को लागि होला मैले भन्या ग्रीन स्टिकर लिनु पर्ने थियो | उसले जवाफ दियो फारम लिनु होस् , रसिद काट्नु होस् अनि उता जानुहोस ! मैले सोधी उता भन्नाले कहाँ ? उसले भन्यो रोड पारि रोड पारी जाँदा कतै कनै साईनबोर्ड देखिएन |

म अनुसन्धानको लागि गएको हुनाले मैले रसिद चाही काटिन | अन्दाजी धेरै गाडी पार्क गरेको देखेर त्यही नै गएँ खोजेको ठाउँ नै हो रैछ | जुन ठाउँमा जहाँ के के गर्ने कति नम्बर जाने कुनै जानकारी थिएन कुन मान्छे दलाल कुन कर्मचारी त्यो पनि जानकारी थिएन | धेरै मान्छे लाई सोधे पश्चात एक जना मेकानिकल ईन्जिनियर बासु देव पोखरेल सँग कुरा गर्ने मौका पाई उहाँ काममा अलि बिजी नै हुनुहुन्थो केहि प्रश्नको जवाफ दिन सक्नु भयो | खुसि लाग्यो | धन्यवाद बासु जी लाई अन्तिममा उहाँको डेस्कमा कुनै फोन नं थिएन |मलाई व्यक्तिगत नम्बर माग्ने मन लागेन किनकि उहाँ धेरै बिजी नै हुनुहन्छ | उहाँ ले यातायात विभागमा नै फोन गर्नु पर्ने बताउनु भयो | एक तिर फोन अर्को तिर काम कस्तो अचम्म | यतीनै जानकारी लिएर म फर्किन बाध्य भए |

tax

कर कार्यालय बत्तीसपुतली : मिति : २०७०-७-१०

अनिबार्य गर्नु पर्ने कामहरु मध्ये कर तिर्नु पनि एक अति महत्वपूर्ण कार्य हो जस्तो लग्यो मलाई चाही |के हो कसो हो ? तर म चाही कर तिर्न नभएर आयकर छुट प्रमाणपत्र बनाउनको लागि बत्तीसपुतली स्थित आन्तरिक राजश्व बिभाग गएको थिए | अहिले सम्म अलि राम्रो संग सूचना हरु अनलाईन पाउन सकिने कार्यालयको रुपमा चिनिन्थो| यसको तर आयकर छुटको आवश्यक कागजातसम्म पनि के के चाहिन्छ भन्ने जानकारी कहिँ नभेटे पछि कार्यालय नै गएर फारम लिएर के के चाहिन्छ भनि सोधी थाहा पाएं | सम्पूर्ण कागजातहरु लिएर म १०:४५ मा बत्तीसपुतली जाँदा त्यहाँका कर्मचारी भर्खर हातमा ब्याग बोक्दै हल्लिदै आउदै थिए | सोधपुछ शाखामा कोहि मान्छे थिएनन | एकछिन पछि एक जना महिला आउनु भयो उहाँ नै हो रै छ स्टाफ उहाँलै कहाँ जाने भनि सोध्दा माथिजानु तर मेडम आउनु भएको छैन होला भनिन | माथि जाँदा एक जना सर हुनुहुँदो रैछ उहाँ बाट पनि त्यस्तै उत्तर आयो मेदम हुनुहुन्न एक छिन कुर्नु | त्यहाँ बस्दा एक जना मान्छे अलि जान्ने सुन्ने जस्तै गरि मेरो कागजातहरु हेर्दै के के पुगेन भन्न थाल्यो | कता कता डर पो लग्न थालो फेरी आउनु पर्ने हो कि?

मेडम आउने बाटो कुर्दा कुर्दै एक जना साधारण जस्तै देखिने मान्छे ले सोध्न थालो के नाम हो? तपाईको अफिसले के के गर्छ भन्दै सोध्यो मैले पनि आफ्नो काम र परिचय दिए पच्चात मैले पनि उसलाई सोधी तपाई नाम अनि के काम गर्नु हुन्छ | उसले आफ्नो परिचय दियो उ यहि पिन्गस्थान गाउँ बिकाश समितिको अध्यक्ष पनि रहेछ | गाउँ बिकाश गरेर समाज सेवा पनि गर्ने रहेछ करिब ३० मिनेटको गफ गाफ हुदै थियो उसको पनि कर तिर्न बाँकि रहेछ उसलाई थाहा रैनछ र उ फोन मा अरु स्टाफ लाई ठुलो ठुलो सोरमा सोध्न थलो कहिले कहिलेको कर तिर्न बाँकि छ त्यो मान्छे त्यतै बिजी भयो ?त्यस पछि मैले फेरी त्यो कर कार्यालयको स्टाफ लै सोधी मेडम कहिले आउनु हुन्छ ? त्यो मान्छे किन हो डराई डराई उत्तर दियो खोई आउनुपर्ने हो | मैले भन्या एउटा आउने समय त ठिक हुनु पर्यो नि ? उसले भन्यो आज कागजात छोडेर जानु भोलि आउनु एक पल्ट फोन गर्नु न कागजात पुग्छ कि पुग्दैन |उसले फोन नम्बर र नाम दियो करिब दूई घण्टा कुरी म फर्कन बाध्य भए |

करिब १२:३० म अफिस आई अरु काम सकी फेरी ४ बजे तिर कल गरि सोद्द्दा मेदम आएर तपाईको फाईल हेर्नु भयो र भन्यो तपाईहरुको मुनाफा वितरण नगर्ने कम्पनिको लागि समाज कल्याण परिषद् मा पनि दर्ता गर्नु पर्छ | त्यस पछि म दङ्ग परि हाम्रो कम्पनि NGO त होईन फेरी समाज कल्याणमा दर्ता किन गर्नु पर्ने ?

सम्पर्क


View Larger Map


Our Headquarters

सम्पर्कको लागि :

पशुपति मार्ग
ज्ञानेश्वर
काठमाडौँ, नेपाल
०१-४४२२८०४
info@galligalli.com

Copyrights © 2013
-->